अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

नाइजेरियामा विद्रोही समूह बोको हरामले नियन्त्रणमा लिएका विद्यार्थी सकुशल मुक्त

बिआरटीनेपाल २०७८ पुष २० गते ७:१५ मा प्रकाशित

अफ्रिकी मुलुक नाइजेरियामा सेनाले बिद्रोही समुह बोको हरामले नियन्त्रणमा लिएको केही घण्टामा नै २१ विद्यार्थीको सकुशल उद्धार गरेको छ । नाइजेरियाको कटसीना राज्यको बकुरा क्षेत्रमा रहेको इस्लामिक विद्यालयका २१ छात्राहरुलाई हतियारधारी समुहले अपहरण गरेको थियो ।

त्यस लगत्तै सेनाले बोको हरामको हतियारधारी समुहको क्याम्पमा हवाई हमला गरेपछि उनीहरुले २१ छात्रालाई मुक्त गरेको हो । यसैबीच, नाइजेरियाको काडुना प्रान्तमा एक हतियारधारी समुहले ६ जना सर्वसाधारणको बिभत्स हत्या गरेको नाइजेरियाका अधिकारीहरुले बताएका छन् । सो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय