अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३१
| Colorodo: 10:46
विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण ५४ लाख ६७ हजार मानिसको मृत्यु भएको छ । पछिल्ला केही दिनयता विश्वभरि नै कोरोना भाइरस सङ्क्रमण बढ्दा मृत्यु हुनेहरूको सङ्ख्या पनि बढेको छ । विश्वभर २९ करोड ३० लाख ८० हजार मानिसहरू कोरोनाबाट सङ्क्रमित भएका छन् ।
यस्तै विश्वभर सङ्क्रमित भएर पनि २५ करोड ५४ लाख मानिसहरू भने निको भएका छन् । कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा ८ लाख ४८ हजार मानिसको मृत्यु भएको छ । यस्तै भारतमा ४ लाख ८२ हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ भने ब्राजिलमा ६ लाख १९ हजारको मृत्यु भएको छ ।
कोरोनाकै कारण बेलायतमा १ लाख ४८ हजार मानिसको मृत्यु हुँदा रसियामा ३ लाख १२ हजारको मृत्यु भएको छ । पछिल्लो पटक विश्वभर कोरोना सङ्क्रमितहरू पनि बढिरहेका छन् ।
