अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

भारतमा कोरोना सङ्क्रमण दर फेरि बढ्यो

बिआरटीनेपाल २०७८ पुष २० गते ७:०६ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा केही महिना यताकै कोरोना सङ्क्रमण दर उच्च बढेपछि प्रतिबन्धहरू लगाउन सुरु गरिएको छ । कोरोना सङ्क्रमणदर केही घटाउनको लागि दिल्लिमा सप्ताहन्तमा कफ्र्यू लगाइने भएको छ । सङ्क्रमण दर बढेपछि दिल्ली सरकारले आउदो शनिबार र आइतबार कफ्र्यू लगाउने भएको हो ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड सङ्क्रमितको संख्या बढेको छ । आज सम्म एक हजार ७०० जनामा ओमिक्रोन देखिएको पुष्टि भएको छ ।

सङ्क्रमण बढेपछि सरकारले १५ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई पनि खोप लगाउन सुरु गरेको छ । भारतमा दैनिक कोभिड सङ्क्रमितको संख्या औषतमा ३५ हजार पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय