अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

बिआरटीनेपाल २०७८ पुष १८ गते ७:०७ मा प्रकाशित

दक्षिण अफ्रिकाको केप टाउनस्थित संसद भवनमा ठूलो आगलागी भएको छ । सार्वजनिक भिडियो फुटेजमा सो भवनको छानाबाट ठूलो आगोको मुस्लो निस्किँदा आकाश नै पूरै कालो धुवाँले छोपिएको देख्न सकिन्छ । आगलागीको कारण खुल्न सकेको छैन ।

भवननजिक शनिबार मात्र आर्कबाइशप देसमन्ड टुटुको राष्ट्रिय शोक कार्यक्रम आयोजना गरिएको थियो । सहरको आपत्कालीन सेवाका प्रवक्ताले एएफपी न्युजलाई भनेका छन्, ‘छानामा बलिरहेको छ र राष्ट्रिय संसद् भवनबाट पनि आगो निस्किरहेको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भवनका पर्खालहरू चर्किरहेको रिपोर्ट गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय