अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७
| Colorodo: 05:02
कोरोना सङ्क्रमण र खराब मौसमका कारण विश्वभर करिब चार हजार ४०० उडान रद्द भएका छन् । रद्द भएकामध्ये आधाभन्दा बढी अर्थात दुई हजार ५०० उडान अमेरिकामा भएको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ । त्यस्तै, हिमपातलगायत प्रतिकूल मौसम उडानका लागि अर्को बाधक बनेको थियो ।
चाइना इस्टर्नले ५०० र एयर चाइनाले २०० भन्दा बढी उडान रद्द गरेको थियो । अमेरिकामा साउदवेस्टले ४५० उडान रद्द गरेको थियो । त्यस्तै, अमेरिकन एयरलाइन्स र डेल्टा एयरले २०० तथा युनाइटेड एयरलाइन्सले १५० भन्दा बढी उडान रद्द गरेको थियो ।
