अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हेय रिहा

बिआरटीनेपाल २०७८ पुष १७ गते ७:४३ मा प्रकाशित

दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेय रिहा हुनुभएको छ । राष्ट्रपति मुन जे इनले दिएको विशेष माफीका कारण उहाँ रिहा हुनुभएको हो । भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा पर्नुभएका पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाउनुभएको थियो ।

गत साता न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो । पार्कलाई २२ वर्षको जेल सजाय सुनाइएको थियो र भ्रष्टाचारको आरोपमा महाभियोग लगाइएपछि पदमुक्त हुनुभएकी हेयले २०१७ देखि सजाय भोग्दै आउनुभएको थियो ।

ब्लु हाउसका अनुसार पार्कको बिग्रँदै गएको स्वास्थ्यलाई ख्याल गर्दै माफी दिने निर्णय गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय