अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

इरानको अन्तरिक्ष प्रक्षेपणबाट चिन्तित भएको फ्रान्सको प्रतिक्रिया ।

बिआरटीनेपाल २०७८ पुष १७ गते ७:२३ मा प्रकाशित

फ्रान्सेली विदेश मन्त्रालयले इरानको हालैको अन्तरिक्ष प्रक्षेपणबाट चिन्तित भएको जनाएको छ । फ्रान्सेली विदेश मन्त्रालयले जब तेहरानसँग आणविक वार्ता प्रगतिको सङ्केत देखिरहेको थियो, त्यस्तो समयमा यो अन्तरिक्ष प्रक्षेपण भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

यस्तै फ्रान्सले यो प्रक्षेपणको निन्दा गर्ने पनि बताएको छ । उसले यसलाइ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव २२३१ अनुरूप नभएको पनि बताएको छ ।

इरानले अस्ति बिहीबार एक स्याटेलाइट प्रक्षेपण रकेटले सफलतापूर्वक तीन अनुसन्धान उपकरणहरू स्थापना गरेको थियो । जसको जर्मनी र अमेरिकाबाट पनि आलोचना भएको छ । इरान र विश्व शक्तिहरूबीचको पछिल्लो चरणको वार्ता गत सोमबार भियनामा सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय