अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

अमेरिकामा ‘ओमिक्रोन’ भेरियन्टकाे संक्रमण तीव्र, ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

बिआरटीनेपाल २०७८ पुष १६ गते ८:१५ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।सघन उपचार एकाई (आईसीयू) मा ७८% बेडहरू भरिभराउ छन् ।  जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले  उक्त जानकारी दिएको  सीएनएनले जनाएको छ।

यो साता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९ का घटनाहरू पाँच लाखभन्दा माथि छ । योसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ ।केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८% आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२% कोभिड-१९का बिरामीहरू छन् । अन्य धेरै देशहरू जस्तै अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय