अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५४
| Colorodo: 09:09
बहराइनले एक दशक पछि सिरियाका लागि पहिलो राजदूत नियुक्त गरेको छ । बहराइनले सुन् २०११ पछि सिरियामा द्वन्द्वको शुरुवातमा सम्बन्ध चिसिएपछि राजदुत नियुक्त गरेको थिएन । एक दशक पछि भने पहिलो पटक दमास्कसमा आफ्नो पहिलो राजदूत नियुक्त गरेको हो ।
बहराईनले सिरियाको राजदुतका लागि वाहिद मुबारक सय्यर लाई नियुक्ति गरेको हो । अन्तरराष्ट्रिय सञ्चार माध्ययमका अनुसार मध्य पूर्वमा बढ्दो संख्यामा अरब देशहरूले राष्ट्रपति बसर अल–असदसँग सम्बन्ध पुनर्जीवित गर्ने क्रममा राजदुत नियुक्ति कूटनीतिक परिवर्तनको हिस्सा भएको बताएका छन् । ओमान गत वर्ष सिरियाका लागि राजदूत पुनर्बहाली गर्ने पहिलो खाडी राष्ट्र बनेको थियो ।
