अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५
| Colorodo: 18:00
मेक्सिकोको केन्द्रीय बैंकले २०२४ सम्ममा डिजिटल मुद्रा सुरु गर्ने बताएको छ । आज सामाजिक सञ्जाल मार्फत मेक्सिको सरकारले केन्द्रीय बैंकले आगामी २०२४ सम्ममा देशमा डिजिटल मुद्रा सरू गर्ने घोषणा गरेको हो । तर मौद्रिक विकास प्राधिकरणले भने यस विषयलाई पुष्टि गरेको छैन ।
देशमा वित्तीय समावेशीकरणलाई अगाडि बढाउनको लागि नयाँ प्रविधिहरू र नवीनतम भुक्तानी पूर्वाधारहरू डिजिटल मुद्रामा रहने मेक्सीकोको सरकारले बताएको छ ।
मेक्सिकोको केन्द्रीय बैंक कानूनी रूपमा सरकारबाट स्वतन्त्र छ । अहिले डिजिटल मुद्राको कार्यान्वयनको लागी अध्ययन र विकासको लागि काम गरिरहेको मेक्सीको सरकारले जनाएको छ । यस परियोजनाको उद्देश्यहरू मध्ये बैंकिङ खाता नभएका व्यक्तिहरूको लागि डिजिटल मुद्राको दर्ताको लागि खाता खोल्नु हो, जसले वित्तीय समावेशीकरणमा योगदान पुर्याउने छ ।
