अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

ग्रीसको टापुमा आप्रवासी सवार डुंगा दुर्घटना, १६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ पुष १० गते ६:३० मा प्रकाशित

ग्रीसको एक टापुमा रहेको पारोसमा डुंगा दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।मध्य एसियन सागरमा यसै हप्ता आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो । रातको समयमा भएका दुर्घटनाका कारण खोजीमा समस्या भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनास्थलमा १२ पुरुष, तीन महिला र एक शिशुको शव फेला परेको बीबीसीले उल्लेख गरेको छ । टर्कीबाट इटालीतर्फ गइरहेको जहाजमा ८० जना सवार रहेको बताइएको छ । टर्कीको झण्डाअंकित जहाजबाट उद्दार गरिएका शरणार्थीहरू ग्रीसमा ओर्लिएको बताइएको छ ।

एसियन सागर ग्रीस, अफ्रिका, मध्यपूर्व र अन्यत्रका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली संघमा जाने मुख्य मार्गमध्येको एक हो । तर सन् २०१५ देखि शरणार्थीहरुले सो मार्ग प्रयोग गर्न छाडेका थिए ।

गत शुक्रबार भएको दुर्घटनामा पनि ११ जना आप्रवासीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । बिहीबार शरणार्थी बोकेको डुंगा दक्षिणी निर्जन टापुमा पुगेको थियो । सो डुंगाबाट ९० जनाको उद्दार गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय