अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

बेलायतमा एकै दिन एक लाख २० हजार कोरोना संक्रमित थपिए

बिआरटीनेपाल २०७८ पुष ९ गते ७:११ मा प्रकाशित

बेलायतमा एकैदिन झण्डै एक लाख बीस हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय लगातार बेलायतमा कोरोना संक्रमितको नयाँ रेर्कड कायम रहने क्रम जारी रहेको छ ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् । यसअघि अहिलेसम्मकै सबैभन्दा बढी एक लाख छ हजार भन्दा बढी संक्रमित देखिएका थिए ।

कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । योसंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख ६९ हजार ९२१ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४७ जनाको ज्यान गएको छ ।

योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४७ हजार ७२० पुगेको छ । बेलायत सरकारले कोरोना संक्रमणका कारण स्वास्थ्य तथा रेल सेवामा परेको असुविधालाई मध्यनजर गर्दै लागू रहेको १० दिनको क्वारेन्टाइन अवधिलाई घटाएर ७ दिनमा झारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय