अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

कोसोभोले आफ्नो देशका खाली कारागार डेनमार्कलाई भाडामा दिने

बिआरटीनेपाल २०७८ पुष ७ गते ६:४४ मा प्रकाशित

युरोपेली मुलुक कोसोभोले आफ्नो देशमा रहेको कारागारको ३ सय वटा कक्ष डेनमार्कलाई भाडामा दिने भएको छ । डेनमार्कमा कैदी बन्दीहरुको संख्या अत्यधिक भएपछी कोसोभोले र डेनमार्कलाई बाषिर्क १५ मिलियन युरोमा कारागार भाडामा दिने भएको हो । भाडामा लिइने कारागारका कक्षहरुमा गैर इयु राष्ट्रका बन्दीहरुलाई राखिने छ ।

कोसोभामा ७ सय देखि ८ सय वटा कारागार कक्ष खाली रहेका कारण डेनमार्क र कोसोभोबीच कारागार लिज सम्झौता भएको हो । यो सम्झौता हाललाई ५ बर्षका लागि भए पनि समय अनुसार परिमार्जन गर्न सकिने सम्भावना रहेको जनाइएको छ । यद्दपी यो सम्झौतालाई संसदको दुई तिहाई बहुमतले पारित गर्नुपर्ने छ ।

कोसोभाको राजधानी प्रिस्टिनाबाट ५० किलोमिटर टाढा खाली रहेको कारागारको डेनमार्कका अधिकारीहरुले निरीक्षण गर्ने भएका छन् । यता, डेनमार्कले कैदीहरुलाई परिवारको सम्पर्कबाट टाढा लग्ने निर्णय गरेको भन्दै कोसोभो र डेनमार्कमा आलोचना हुन थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय