अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको डब्ल्युएचओको पुनः चेतावनी

बिआरटीनेपाल २०७८ पुष ७ गते ६:४० मा प्रकाशित

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले युरोपेली राष्ट्रहरुको स्वास्थ्य प्रणाली तहस नहस पार्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । युरोपमा कोभिडको अर्को बाढी आउँदै गरेको भन्दै विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारी हान्स क्लुगले त्यसका लागि ती देशहरुलाई तयार रहन चेतावनी दिनु भएको हो ।

ओमिक्रोन नियन्त्रणका लागि युरोपका विभिन्न राष्ट्रहरुले लकडाउनदेखि प्रतिबन्धात्मक व्यवस्था लागू गरिरहेको अवस्थामा डब्ल्युएचओले बारम्बार चेतावनी दिंदै आएको छ ।यसअघि, जर्मनीले क्रिसमसको पूर्वसन्धयामा पार्टीमा जान र भिडभाड गर्न रोक लगाइसकेको छ ।

नेदरल्यान्ड्सले तीन साता लामो लकडाउन घोषणा गरिसकेको छ भने पोर्चुगलले आगामी २६ डिसेम्बरसम्मका लागि बार र नाइट क्लब बन्द गर्ने घोषणा गरेको छ । त्यस्तै, स्कटल्यान्ड, फिनल्याण्ड वेल्स, उत्तरी आयरल्यान्डले पनि प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । युरोपका अधिकांश देशमा ओमिक्रोन तीव्र फैलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय