अमेरिकाका एकजना पूर्वचिकित्सकले यौन दुर्व्यवहारका घटनामा अमेरिकी इतिहासमै अहिलेसम्मकै धेरै क्षतिपुर्ति तिर्नुपर्ने भएको छ । महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्वचिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित दर्जनौं महिलाहरुलाई कूल ३८ करोड डलर क्षतिपूर्ति दिनुपर्ने भएको हो ।
बषौसम्मको कानुनी लडाई पछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको संचारमाध्यमहरुले जनाएका छन् । यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिर्भिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको भएपनि पछिल्लो सहमतिमा यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिर्भिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन् ।
अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३०० भन्दा बढी महिलाले डा. नासिरले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए ।