अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१३ | Colorodo: 12:28

न्युजिल्याण्डमा भावी पुस्ताका लागि चुरोट बिक्रीमा प्रतिबन्ध

बिआरटीनेपाल २०७८ मंसिर २३ गते ७:१५ मा प्रकाशित

न्युजिल्यान्डले सुर्तीजन्य उद्योगमा कडा प्रतिबन्ध लगाउन गइरहेको छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुरोट किन्न प्रतिबन्ध लगाउने योजना बनाएको छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामो समय लागिरहेको भन्दै यस्तो योजना ल्याइएको सरकारले बताएको छ ।नयाँ योजनाअनुसार १४ वर्षभन्दा कम उमेरकालाई सन् २०२७ देखि चुरोट किन्ने अनुमति दिइने छैन । न्युजिल्यान्ड सरकारको लक्ष्य सुर्तीजन्य वस्तु बेच्ने र सबै उत्पादनमा निकोटिनको स्तर कटौती गर्नु हो ।

न्युजिल्यान्डका एसोसिएट स्वास्थ्यमन्त्री आयशा वेराले भन्नुभयो, ‘युवाले कहिल्यै धूम्रपान सुर नगरून् भन्ने सुनिश्चित गर्न चाहन्छौँ । यसैका लागि हामी युवाहरूको नयाँ समूहलाई धूम्रपान गर्ने सुर्तीजन्य उत्पादनलाई बेच्ने या आपूर्ति गर्ने कामलाई अपराधका रूपमा तोक्छौँ ।’सन् २०२२ को अन्त्यसम्म यो कानुन बनाउने उद्देश्यका लागि न्युजिल्यान्ड सरकारले आउँदो जुन महिनामा संसदमा कानुन पेस गर्नेछ तर त्यसअघि सरकारले आउँदा महिनामा माओरी स्वास्थ्य कार्य बलसँग परामर्श गर्नेछ ।

यसपछि प्रतिबन्धलाई सन् २०२४ देखि विभिन्न चरणमा सुरु गरिनेछ, जसको सुरुवात अधिकृत ब्रिकेताहरूको सङ्ख्यामा तीव्र कमीको साथ हुनेछ, त्यसपछि सन् २०२५ मा निकोटिनको आवश्यकतामा कमी हुने र सन् २०२७ देखि ’धूम्रपान–मुक्त’ पिँढी बन्ने बताइएको छ । न्युजिल्यान्डमा धूम्रपानका कारण हरेक वर्ष झन्डै पाँच हजार जनाको ज्यान जाने गरेको छ । सरकारको यो कदमलाई स्वास्थ्य अधिकारीहरूले स्वागत गरेका छन् । खुद्रा बिक्रेताहरूले भने आफ्नो व्यवसायमा पर्ने प्रभावको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय