अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१५
| Colorodo: 10:30
बेलायतमा कोरोना संक्रमण दर दिनहुँ बढ्दै गएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुका अनुसार त्यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् । लामो समयपछि यति धेरै संक्रमित भएका पनि जनाएका छन् ।
बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा एकैदिन ५१ हजार ३ सय जना संक्रमित भएका हुन् । जव कि पछिल्लो साता सक्रमितको संख्या केही घटेकै बेला ५१ हजार बढी संक्रमित भएका हुन् । पछिल्लो समय ओमिक्रोनका संक्रमितको संख्या पनि बढ्दै गएको छ । सरकारी प्रयासकाबीच पनि संक्रमण दर नघटेपछि बेलायत सरकार अप्ठेरोमा परेको छ ।
