अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

भारतमा जारी किसान आन्दोलन औपचारिक रुपमा स्थगित

बिआरटीनेपाल २०७८ मंसिर २३ गते ७:०६ मा प्रकाशित

भारतमा जारी किसान आन्दोलन औपचारिक रुपमा स्थगित भएको छ । संयुक्त किसान मोर्चाले पछिल्लो एक वर्षदेखि जारी राखेको आन्दोलन आजबाट औपचारिक रुपमा स्थगित भएको घोषणा गरेको छ । आन्दोलनमा आएका किसानहरू पर्सि आ–आफ्नो घर फर्कनेछन् ।

भारत सरकारले ल्याएको तीन वटै विवादीत कृषि कानून फिर्ता गरेपनि किसानहरूले आन्दोलन जारी नै राखेका थिए । तर, आज बसेको किसानहरूको बैठकले आन्दोलन फिर्ता गर्ने निर्णय गरेको हो । भारतीय किसान यूनियनका नेता राकेश टिकैतले आफूहरूको अन्य माग सरकारले छिटो पूरा गर्ने आश्वासन दिएपनि आन्दोलन स्थगित गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय