अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

बिआरटीनेपाल २०७८ मंसिर १६ गते ७:१३ मा प्रकाशित

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाको क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको हो ।उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो ।

उनी यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएको क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । अघिल्लो हप्ता दक्षिण अफ्रिकामा पत्ता लागेको यो भाइरस हालसम्म २३ वटा मुलुकमा फैलिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय