अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

विश्वभर कोरोना भाइरसका कारण ५१ लख ५० हजारको मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:१४ मा प्रकाशित

विश्वभर कोरोना भाइरसका कारण ५१ लख ५० हजार ५ सय १० को मृत्यु भएको छ । विश्वभर कोरोनाका कारण २५ करोड ६४ लाख ९७ हजार मानिसहरु सङ्क्रमित बनेका छन् । यस्तै कोरोना सङ्क्रमण भएर पनि २३ करोड १६ लाख ९८ हजार मानिसहरु उपचार पछि निको भएका छन् ।
सबैभन्दा धेरै अमेरिकामा ७ लाख ८९ हजार मानिसको मृत्यु भएको छ ।

यस्तै भारतमा ४ लाख ६५ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाका कारण ६ लाख १२ हजार मानिसको मृत्यु भएको छ । यसैबीच रसियामा फेरि पनि कोरोना भाइरसको सङ्क्रमण बढेको छ ।

रसियामा आज पनि ३७ हजार भन्दा धेरैमा नयाा सङ्क्रमण देखिएको छ भने आज मात्रै १ हजार २ सय ५४ जना मानिसको मृत्यु भएको छ । कोरोना सङ्क्रमणको दर केही देशमा घटिरहेको भएपनि ककुनै देशमा निरन्तर बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय