अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

भारत र चीनबीच सीमा विवादका विषयमा वार्ता हुँदै

बिआरटीनेपाल २०७८ मंसिर २ गते ६:५० मा प्रकाशित

भारत र चीनबीच सीमा विवादका विषयमा वार्ता हुँदैछ । गत वर्ष गलवान झडपपछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो । दुई देशबीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ ।

कठोर जाडोको समयमा पनि पूर्वी लद्दाखको प्रत्येक छेउमा सेनाको विशाल निर्माण कार्य जारी रहेकाले तत्काल द्वन्द्व समाधान नहुने आँकलन गरिएको छ । भारत–चीन सीमा मामिलासम्बन्धी परामर्श र समन्वयका लागि आज २३ औँ चरणको सीमा वार्ता हुन लागेको हो । भारत र चीनबीच अक्टोबरमा सैन्य संवाद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय