अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

आप्रवासी समस्याको मास्टरमाइन्ड पुटिन – पोल्याण्ड

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ७:०७ मा प्रकाशित

पोल्याण्डले आफ्नो सिमामा देखिएको आप्रवासी समस्याको पछाडी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ।पोल्याण्डका प्रधानमन्त्री म्याट्युज मोरावेज्कीले बेलारुससँगको सिमा नाकामा अवैध आप्रवासीहरु ओइरीनुमा पुटिनको कसुर औल्याएका हुन् । पुटिनसँग निकट रहेको बेलारुसका राष्ट्रपति अलेक्जेडर लुकासेन्कोले आप्रवासीहरुलाई आफ्नो मुलुकबाट पोल्याण्ड हुँदै युरोपका अन्य दशेहरुमा छिर्न उक्साएको उनको आरोप छ ।

तर यो घटनाको मास्टरमाइन्ड भने रुसी राजधानी मस्कोमा रहेको पोल्याण्डको आक्षेप छ । पोल्याण्डसँगको सिमा नाका बेलारुसमा झण्डै दुई हजार आप्रवासी अहिले पनि पोल्याण्ड छिर्ने दाउ कुरेर बसेका छन् । पोल्याण्डले भने आप्रवासीको प्रवेश रोक्न सिमामा सेना परिचालन गरेको छ । युरोपेली युनियनले बेलारुसमाथि प्रतिबन्ध लगाएको विरोधमा बेलारुसले पोल्याण्ड हुँदै युरोपमा अन्य मुलुक छिर्न आप्रवासीलाई बाटो खोलिदिएको पोल्याण्ड लगायतका छिमेकी देशहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय