अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

काबुलकाे सैन्य अस्पतालमा विष्फोट र आक्रमण : २० जनाको मृत्यु, १६ घाइते

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते २१:११ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलको एक सैैनिक अस्पतालमा गराइएको विस्फोट र आक्रमणमा परी २० जनाको मृत्यु भएको छ । काबुस्थित सर्दार खान सैनिक अस्पतालमा गराइएको विस्फोटमा परी १६ जना घाइते भएका छन् ।अस्पताल बाहिर विस्फोट गराएपछि बन्दुकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए ।

आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस–के ले लिएको छ ।विस्फोटपछि घटनास्थलमा धुवाँको मुस्लो निस्किएको भिडियो सामाजिक संजालहरुमा देखाईएको छ । दुई ओटा विस्फोट मध्ये एउटा विस्फोट आत्मघाती भएको अस्पतालका डा.सहिद अहदले जानकारी दिनुभयो । तालिबानले राजधानी काबुल कब्जा गरेपछि आईएसले अफगानिस्तानमा हिंसात्मक हमलाहरु गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय