अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

विद्रोहीका गतिविधि बढ्न थालेपछि इथियोपियामा संकटकालको घोषणा

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:२२ मा प्रकाशित

इथियोपियामा देशव्यापी संकटकालको घोषणा गरिएको छ । विद्रोहीहरुले निरन्तर हमला गर्न थालेपछि त्यहाँको सररकाले देशव्यापी रुपमा संकटकालको घोषणा गरेको हो । पछिल्लो समय विद्रोही समूह टिग्रेले देशका विभिन्न भागमा हिंसात्मक गतिविधि तीव्र पारेपछि त्यसलाई नियन्त्रणमा लिन संकटकालको घोषणा गरिएको त्यहाँको सरकारले जनाएको छ ।

अघिल्लो हप्ता राजधानी क्षेत्र कब्जा गर्ने भन्दै टिग्र समूहले विभिन्न शहरबाट ¥यालीसहित मार्चपास गर्दा सरकारी सेनासँग झडप भएको थियो । विद्रोही टिग्रेका लडाकूहरुले हालैका दिनमा छिमेकी अम्हरा क्षेत्रका रणनीतिक शहरहरु डेसी र कोम्बोल्चा नियन्त्रणमा लिएसँगै अन्य क्षेत्रमा पनि बढ्ने संकेत पाएसँगै त्यहाँको सरकारले संकटकालको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।

इथियोपियाका न्यायमन्त्री गेडियन टिमोथियोसले आतंकवाद नियन्त्रणका लागि संकटकालको घोषणा गरेको बताए । उनले सो संकटकालको उल्लंघन गर्नेलाई १० वर्षसम्म जेल सजाय हुने चेतावनी दिएका छन् ।सरकारले राजधानीबाट चार सय किलोमिटरको दुरीमा रहेका प्रमुख दुई शहर नियन्त्रणका लागि विद्रोहीको प्रयास असफल पार्न सैन्य संघर्ष जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय