अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४
| Colorodo: 10:59
अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार रगतमा संक्रमण देखिएपछि क्लिन्टनलाई मंगलबार क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको छ ।
७५ वर्षीय क्लिन्टनलाई आईसीयूमा राखेर उपचार गरिएको सीएनएनले जनाएको छ । उहाँलाई ब्रिदिङ मेसिनमा नराखिएको र स्वास्थ्य संवेदनशीलताका कारण मात्र आईसीयूमा राखिएको बताइएको छ।