अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

भारतमा जीप र ट्रक जुध्दा ६ बालबालिकासहित १४ को मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ६:२० मा प्रकाशित

भारत उत्तरप्रदेश राज्यको प्रतापगढ जिल्लामा गएराति सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ६ जना बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ । शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मध्यरात भएकाले चालकको कमजोरीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा जीप पूर्णरुपमा क्षतिग्रस्त भएको र सवार सबैको मृत्यु भएको छ । यसैबीच उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय