अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

विश्वभर ३ करोड ९४ लाख ९६ हजार ३९ कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर ४ गते ६:०४ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ९४ लाख ९६ हजार ३९ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ५ करोड ६७ लाख १५ हजार ५ सय ७९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १३ लाख ५७ हजार ६ सय ९५ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ५८ लाख ६१ हजार ८ सय ४५ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख १ हजार ३ सय ४६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ५७ लाख ६० हजार ४ सय ९९ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड १८ लाख ७६ हजार २ सय ४० जना संक्रमित भएका छन् भने २ लाख ५६ हजार ३ सय ११ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८९ लाख ६० हजार ९८ जना संक्रमित हुँदा १ लाख ३१ हजार ६ सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५९ लाख ४७ हजार ४ जना ३ संक्रमित भएका छन् भने १ लाख ६७ हजार ४ सय ९७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय