अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

चौथो पटक विहारको मुख्यमन्त्री बने नितिशकुमार

बिआरटीनेपाल २०७७ मंसिर १ गते ८:४४ मा प्रकाशित

काठमाडौँ, १ मङ्सिर । जेडी (यु) का नेता नितिश कुमार लगातार चौथो पटक विहारको मुख्यमन्त्री बनेका छन् । कोभिड महामारीका बिच पटनामा आयोजित समारोहमा नितिशले सोमबार मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । उनले १४ सदस्यीय मन्त्रीमण्डल पनि गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा दुई जना उपमुख्यमन्त्री तारकिशोर प्रसाद र रेणु देवी छन् ।

दुवै भाजपाका नेता हुन् । पूर्व मुख्यमन्त्री जितनराम माझीका छोरा सन्तोषकुमार सुमनले पनि मन्त्रीको शपथ लिएका छन् । महामारीकै बिच भएको निर्वाचनमा जेडी (यु) र भाजपाको गठबन्धनले बहुमत पाएको हो । विपक्षी महागठबन्धनका नेताहरूले भने शपथ ग्रहण बहिस्कार गरेका छन् ।

लगातार चौथो पटक मुख्यमन्त्री बनेका नितिश योसहित सातौंपटक विहारका मुख्यमन्त्री चुनिइसकेका छन् । सन् २००० मा पहिलो पटक उनी मुख्यमन्त्रीको रूपमा नियुक्त भएका थिए, तर आफ्नो बहुमत प्रमाणित गर्न नसक्दा उनले ७ दिनमै राजीनामा गर्नुपरेको थियो ।

त्यसपछि सन् २००५ मा नीतीश कुमारले १५ वर्ष लालु यादवको एकाधिकार समाप्त गरे । उनले विहार विधान सभा चुनावमा एनडीए गठबन्धनलाई जिते, त्यसपछि उनी राज्यको मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय