अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

विश्वभर ३ करोड ७६ लाख १ हजार ८९ कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक २९ गते ५:५४ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ७६ लाख १ हजार ८९ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ५ करोड ३८ लाख ६३ हजार ८ सय ३५ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १३ लाख ११ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ४९ लाख ५१ हजार ८३ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ९ हजार ६ सय ६६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ४८ लाख ४१ हजार ८ सय १७ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड १० लाख ६६ हजार ५ सय ४६ जना संक्रमित भएका छन् भने २ लाख ४९ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८७ लाख ७३ हजार ४ सय ७९ जना संक्रमित हुँदा १ लाख २९ हजार २ सय २५ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५८ लाख १९ हजार ४ जना ९६ संक्रमित भएका छन् भने १ लाख ६४ हजार ९ सय ४६ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय