अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

हङकङका प्रजातन्त्रवादी सांसदहरूद्धारा सामूहिक राजीनामा

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते ६:३३ मा प्रकाशित

हङकङका प्रजातन्त्रवादी सांसदहरूले सामूहिक राजीनामा दिएका छन् । चीनले चारजना प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि उनीहरूले सामूहिक राजीनामा दिएको बताएका छन् । बुधबार बेइजिङले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेको थियो ।

त्यसलगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरूले सामूहिक राजीनामा दिएका हुन् । सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसद पहिलोपटक विपक्षी बिहीन भएको हो । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ ।

हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ । तर, सांसदको राजीनामापछि डेमोक्र्याट पार्टीका अध्यक्ष वु ची–वाईले अझै पनि एक देश, दुई प्रणाली कायम रहेको र आधिकारिक रुपमै सो व्यवस्था मरेको प्रतिक्रिया दिएका छन् । हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए । उनीहरु मध्ये चारजनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरिएको थियो । बाँकीले सामूहिक राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय