अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

विश्वभर ३ करोड ६४ लाख ८९ हजार ९ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:०९ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ६४ लाख ८९ हजार ९ सय ५६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ५ करोड १९ लाख ४९ हजार १ सय ८६ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १२ लाख ८२ हजार ४४ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ४० लाख ८२ हजार ६४ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ९५ हजार १ सय २२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ४१ लाख ७७ हजार १ सय ८६ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७ सय १४ जना संक्रमित भएका छन् भने २ लाख ४५ हजार ९ सय ४३ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८६ लाख ३६ हजार ११ जना संक्रमित हुँदा १ लाख २७ हजार ६ सय १५ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५७ लाख १ हजार २ सय ८३ जना संक्रमित भएका छन् भने १ लाख ६२ हजार ८ सय ४२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय