अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

बाइडेन जितको उल्लासमा सडकसडकमै उत्सव

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते ६:२३ मा प्रकाशित

जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपतिमा विजयी बनेपछि उनका समर्थकहरुले देशभरिकै सडकमा विजय उत्सव मनाउन थालेका छन्। शनिबार अमेरिकाका विभिन्न सञ्चारमाध्यमहरुले अमेरिकाको ४६ औँ राष्ट्रपतिमा बाइडेनको जित सुनिश्चित गरेपछि उहाँका समर्थकहरुले अमेरिकाको विभिन्न शहरमा विजय र्याली निकाल्न थालेका हुन्।

न्यूयोर्कदेखि लस एन्जल्सका सडकहरुमा जो बाइडेनका समर्थकहरुले नाच्दै र गाउँदै विजय जुलुस र र्याली शनिबारदेखि नै निकाल्न थालेको बीबीसीले उल्लेख गरेको छ। केही ठाउँमा भने ट्रम्पका समर्थकहरुले अन्तिम नतिजा नआइसकेकाले विजय मान्न नहुने भन्दै अस्वीकार गर्दै आएका छन्। उनीहरुले ट्रम्पको भोटको काउन्टिङ गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन्।

जो बाइडेनका समर्थकहरु भने कोरोनाबाट बच्न भन्दै मास्क लगाएर वासिङ्टन डीसीमा समूह/समूह बनाएर ह्वाइट हाउस नजिकै गएर विजय उत्सव मनाइरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भर्जिनियमा बसेर गल्फ खेलिरहेको तस्बिर सार्वजनिक भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय