अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१०
| Colorodo: 15:25
भारतको केरला मामाघर भएकी कमला ह्यारिस अमेरिकी उपराष्ट्रपतिको दौडमा अगाडि रहँदा भारतमा यसको खुसीयाली मनाउन थालिएको छ। उहाँकी आमा श्यामला गोपालन केरलाकी हुन्। ह्यारिस आफैँ आफ्नी मामाघरकी हजुरआमाबाट एकदमै प्रभावित मानिनुहुन्छ ।
उहाँ उपराष्ट्रपतिको दौडमा छँदा भारतको केरलामा उहाँको जितका लागि पूजाआजा पनि गरिएको थियो। भारतमा कांग्रेस नेता रञ्जन चौधरीले भारत सरकारले ह्यारिसको विजयको शानदार र भव्य स्वागत गर्नुपर्ने बताएका छन्।
मतगणना भइरहेका पाँचमध्ये चार राज्यमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले अग्रता लिइरहँदा कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति बन्ने पक्कापक्कीजस्तै भएको छ। यो संगै ह्यारिस सीमान्तकृत समुदायकी पहिलो अमेरिकी उपराष्ट्रपति पनि बन्नुहुने छ ।
