अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

विश्वभर ३ करोड ५० लाख ७५ हजार कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:३९ मा प्रकाशित

विश्वभर हालसम्म ३ करोड ५० लाख ७५ हजार २ सय ९५ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ९१ लाख ७७ हजार ३ सय ७८ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १२ लाख ४१ हजार ९ सय ४४ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड २८ लाख ६० हजार १ सय ३९ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ९० हजार १ सय ९६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड २७ लाख ६९ हजार ९ सय ४३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ९९ लाख २६ हजार ६ सय ३७ जना संक्रमित भएका छन् भने २ लाख ४१ हजार २६ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ८४ लाख ११ हजार ७ सय २४ जना संक्रमित हुँदा १ लाख २५ हजार २९ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५६ लाख १४ हजार २ सय ५८ जना संक्रमित भएका छन् भने १ लाख ६१ हजार ७ सय ७९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय