अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

रुसका राष्ट्रपति पुटिनले राजीनामा दिने

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:३८ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजीनामा दिने हुनुभएको छ ।स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उहाँले राजीनामा दिने सोच बनाउनुभएको क्रेमलिनलाई उद्धृत गर्दै पश्चिमा समाचार संस्थाहरुले जनाएका हुन् ।बेलायतबाट प्रकाशित हुने ‘द सन’ पत्रिकाले सूत्रको हवाला दिँदै आफ्नो गिर्दो स्वास्थ्य अवस्थाका कारण पुटिनले पदत्याग गर्न लागेको जनाएको हो ।

पुटिनले आगामी वर्षको सुरुआतमै पद त्याग्ने सोच बनाएको दाबी गरिएको छ । ६८ वर्षीय पुटिन केही समययता पार्किन्सन्स रोगबाट सताइनुभएको छ ।सन् २०२१ को सुरुआतबाटै उहाँले पद त्याग्नसक्ने दाबी ती सूत्रहरुको छ ।

२० वर्षदेखि लगातार सत्ताको शिखरमा रहनुभएका राष्ट्रपति पुटिनलाई आजीवन शक्तिमा रहन मिल्नेगरी केही समयअगाडिमात्रै संविधानसमेत संशोधन गरिएको थियो । पुटिनले रुसमा सबैभन्दा लामो समय शासन गर्ने स्टालीनको रेकर्ड यसै साता तोड्दै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय