विश्वभर हालसम्म ३ करोड ३८ लाख ९ हजार ८ सय ५१ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ७४ लाख ३५ हजार ३ सय ८९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १२ लाख १३ हजार ३ सय २८ जनाको मृत्यु भएको छ ।
विश्वभर अहिलेपनि १ करोड २१ लाख १२ हजार २ सय १० हजार संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ८६ हजार ९ सय ८५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड २० लाख २५ हजार २ सय २५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ९५ लाख ६८ हजार २ सय ७५ जना संक्रमित भएका छन् भने २ लाख ३७ हजार ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार, भारतमा ८२ लाख ६७ हजार ६ सय २३ जना संक्रमित हुँदा १ लाख २३ हजार १ सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५५ लाख ५४ हजार २ सय ६ जना संक्रमित भएका छन् भने १ लाख ६० हजार २ सय ७२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
