विश्वभर हालसम्म ३ करोड ३८ लाख ३१ हजार ७९ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ६९ लाख ४० हजार ९ सय ४९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १२ लाख ६ हजार ८ सय ६६ जनाको मृत्यु भएको छ ।
विश्वभर अहिलेपनि १ करोड १९ लाख ३ हजार ४ हजार संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ८५ हजार ५ सय २९ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड १८ लाख १७ हजार ४ सय ७५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ९४ लाख ७५ हजार ८ सय ७२ जना संक्रमित भएका छन् भने २ लाख ३६ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार, भारतमा ८२ लाख ३० हजार ७ सय ११ जना संक्रमित हुँदा १ लाख २२ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५५ लाख ४५ हजार ७ सय ५ जना संक्रमित भएका छन् भने १ लाख ६० हजार १ सय ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
