अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२४ | Colorodo: 18:39

क्यानडाको क्यूबेकमा अन्धाधुन्ध आक्रमणः कम्तीमा २ जनाको मृत्यु, पाँच जना घाइते

बिआरटीनेपाल २०७७ कार्तिक १६ गते ५:४६ मा प्रकाशित

क्यानडाको क्यूबेक शहरमा अन्धाधुन्ध धारिलो हतियार प्रहार हुँदा कम्तीमा २ जनाको ज्यान गएको छ । घटनामा अन्य ५ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार राति प्राचीन पोशाकमा रहेका व्यक्तिले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दालाई घर बाहिर ननिस्कन भनेको छ ।

मध्यरातमा भएको घटनापछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान जारी रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय