विश्वभर हालसम्म ३ करोड ३५ लाख ६१ हजार १ सय ३५ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख ९३ हजार ६ सय ७९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १२ लाख १ हजार ९ सय ५जनाको मृत्यु भएको छ ।
विश्वभर अहिलेपनि १ करोड १७ लाख ३० हजार ६ सय ३९ हजार संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये ८४ हजार ४ सय ३१ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड १६ लाख ४६ हजार २ सय ८ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म ९४ लाख ४ हजार ८ सय २३ जना संक्रमित भएका छन् भने २ लाख ३६ हजार १ सय १ जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरण अनुसार, भारतमा ८१ लाख ८५ हजार ८ सय ८१ जना संक्रमित हुँदा १ लाख २२ हजार १ सय ६० जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५५ लाख ३५ हजार ६ सय ५ जना संक्रमित भएका छन् भने १ लाख ५९ हजार ९ सय २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
