अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 00:11

पाकिस्तानको कराँचीमा बाढीमा परी २३ जनाको मृत्यु, ढल निकासी बन्द हुँदा शहर जलमग्न

बिआरटीनेपाल २०७७ भदौ १३ गते ६:४४ मा प्रकाशित

पाकिस्तानको कराँचीमा बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै बाढी र डुवानका कारण दर्जनौ घाइते भएका छन् भने धेरै घरबार बिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।मुख्य व्यापारीक केन्द्र रहेको कराँचीमा बाढीका कारण सडक जलमग्न हुनुका साथै विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन थप कष्टक र भएको छ ।

लगातारको वर्षाका कारण सडक र कार्यालयहरुमा अलपत्र परेका सर्वसाधारणलाई स्थानीय प्रशासनले उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताइएको छ ।यसैबीच सिन्धिया प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले आपतकालीन अवस्थाको घोषणा गर्दै पीडितको उद्धार तथा रातहका लागि सुरक्षाकर्मी परिचालन गरेको बताउनुभयो ।

अत्याधिक वर्षाका कारण शहरका विभिन्न स्थामा ढल निकासी बन्द हुँदा जनजीवन थप प्रभावित भएको समाचारमा जनाइएको छ ।बाढीले क्षति पुर्याएकाले विद्युत् आपूर्तिसमेत बन्द गराइएको छ । बाढी प्रभावितहरुलाई उद्धार गरेर सरकारी तथा सार्वजनिक भवनहरुमा अस्थायी रुपमा राखिएको छ ।

पाकिस्तानी सेनाले पनि प्रभावितहरुको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि विशेष टोली गठन गरेको जनाएको छ । मौसम विभागले अगामी सोमबारसम्म वर्षा निरन्तर हुने भन्दै थप सुरक्षित रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय