अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 23:52

अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनमा एप्पलका उत्पादन ‘बहिष्कार’ गरिने

बिआरटीनेपाल २०७७ भदौ १२ गते ७:४१ मा प्रकाशित

अमेरिकाले ‘विच्याट’ माथि प्रतिबन्ध लगाए चीनले पनि अमेरिकी कम्पनी एप्पलका उत्पादन बहिष्कार गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार अमेरिकाले विच्याटमाथि प्रतिबन्ध लगाए चिनियाँ नागरिकले एप्पलको उत्पादन बहिष्कार गर्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य सेप्टेम्बरदेखि चिनियाँ एपहरु ‘विच्याट’ र ‘टिकटक’ माथि प्रतिबन्ध लगाउने घोषणा गरिसक्नुभएको छ । ट्रम्पले यी चिनियाँ एपका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताउनुभएको थियो । पछिल्लो समय यसै विषयलाई लिएर पनि वासिङ्टन र बेइजिङबीच तनाव बढेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओले भन्नुभएको छ , ‘यदि विच्याटमाथि प्रतिबन्ध लगाउने हो भने चिनियाँ नागरिकले आइफोन र एप्पलका उत्पादन बोकिरहनुपर्छ भन्ने कुनै कारण देखिँदैन ।’ अमेरिकाले योजनाबद्ध रुपमै गैरअमेरिकी कम्पनीहरुमाथि आक्रमण गरिरहेको उहाको भनाई छ ।’

चीनमा ‘वेक्जिन’ का नामले परिचित ‘विच्याट’ का प्रयोगकर्ता करिब एक अर्ब २० करोड रहेका छन् । अमेरिकामा मात्रै विच्याटका प्रयोगकर्ता करिब एक करोड ९० लाख भएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय