अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय नाघ्यो

बिआरटीनेपाल २०७७ भदौ ११ गते ६:३९ मा प्रकाशित

अफगानिस्तानमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् ।अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको परवान राज्य बाढीका कारण बढी प्रभावित भएको छ । भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बाढी पहिरोमा ५ सय भन्दा बढी घरहरु ध्वस्त भएका छन् भने सयौं सवारीसाधन पुरिएका छन् । उद्धार कार्य धमाधम भइरहेको छ भने प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बाढी प्रवाभित क्षेत्रहरुमा आपतकाल घोषणा गर्न र पीडितहरुलाई उचित राहत दिन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू