अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 20:29

विश्वमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ८ हजार ६ सय नाघ्यो

बिआरटीनेपाल २०७७ भदौ ६ गते २१:५२ मा प्रकाशित

विश्वमा कोरोनाका कारण ८ लाख ८ हजार ६ सय बढीकोे ज्यान गएको छ । विश्वका २ सय १३ देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म ८ लाख ८ हजार ६ सय ८४ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ । विश्वमा अहिलेसम्म २ करोड ३३ लाख ७९ हजार ५ सय ८० लाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमितमध्ये १ करोड ५० लाख ६ हजार ७६ जना उपचारपछि निको भएका छन् ।

विश्वभर ६६ लाख ६४ हजार ८ सय २० बढी सक्रिय संक्रमित रहँदा उनीहरुमध्ये ६६ लाख ३ हजार १ सय ३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । ६१ हजार ७ सय १७ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको छ ।

कोरोनाको सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा अहिलेसम्म ५८ लाख ४१ हजार ४ सय भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने १ लाख ८० हजार १ सय ७४ बढी जनाको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा ३५ लाख ८२ हजार ६ सय ९८ सङ्क्रमित हुँदा १ लाख १४ हजार २ सय ७७ बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म ३० लाख ४३ हजार ४ सय ३६ सङ्क्रमित हुँदा कोरोनाका कारण ५६ हजार ८ सय ४६ धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय