अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 20:32

कोरोना महामारी: दक्षिण कोरियामा पनि निषेधाज्ञा जारी

बिआरटीनेपाल २०७७ भदौ ६ गते ७:११ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि दक्षिण कोरियाले पनि पुरै मुलुकभर निषेधाज्ञा जारी गरेको छ । सरकारले कोरोना महामारीबाट थप जटिल स्थिती आउन नदिन शनिबारबाट निषेधाज्ञा जारी गरेको हो ।

दक्षिण कोरियामा शनिबार थप ३३२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । त्यसपछि दक्षिण कोरिया सरकारले कुनैपनि स्थानमा धेरै संख्यामा भेला नहुन, रात्रीकालीन गतिविधिहरु नगर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरु बन्द गर्न लगाएको छ । शनिबार थपिएका नयाँ संक्रमितहरु धेरैजसो राजधानी सोलका मात्रै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय