अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 20:32

विश्वभर कोरोनाबाट ८ लाख २ हजार ९ सय ८४ जनाको मृत्यु, १ करोड ५७ लाख ५ हजार ४ सय ८९ उपचारपछि निको

बिआरटीनेपाल २०७७ भदौ ५ गते २१:५४ मा प्रकाशित

विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ८ लाख २ हजार ९ सय ८४ जनाको ज्यान गएको छ । २ करोड ३१ लाख ८ हजार ७ सय १२ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ५७ लाख ५ हजार ४ सय ८९ जना उपचारपछि निको भएका छन् ।

संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७९ हजार २ सय , ब्राजिलमा १ लाख १३ हजार ४ सय ५४ , भारतमा ५५ हजार ९ सय २८ जनाले ज्यान गुमाएका छन् । रसियामा १६ हजार १ सय ८९, मेक्सिकोमा ५९ हजार ६ सय १०, पेरुमा २७ हजार ३४ , कोलम्वियामा १६ हजार ५ सय ६८, स्पेनमा २८ हजार ८ सय ३८, ईरानमा २० हजार ३ सय ७६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यसैगरी, बेलायतमा ४१ हजार ४ सय ५, पाकिस्तानमा ६ हजार २ सय १९, बंगलादेशमा ३ हजार ८ सय ६१, ईटलीमा ३५ हजार ४ सय २७ ,फ्रान्समा ३० हजार ५ सय ३, क्यानडामा ९ हजार ६४ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ८५ , अफगानिस्तानमा १ हजार ३ सय ८५, माल्दिभ्समा २६, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ५३ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय