अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

राष्ट्रपति ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन सीमा पर्खालको रकममा ठगी गरेको अभियोगमा पक्राउ

बिआरटीनेपाल २०७७ भदौ ४ गते २१:३५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन पक्राउ परेका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाउने क्रममा ठगी गरेको अभियोगमा स्टीभमाथि लागेको छ ।ब्यानन र अरु तीनजना न्यूयोर्कको म्यानहटनबाट पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनीहरुमाथि वी विल्ड द वाल अभियान अन्तर्गत संकलन भएको सयौँ हजार डोनरले दिएको रकम अनियमित गरेको आरोप छ ।

सो अभियानले २५ मिलियन अमेरिकी डलर संकलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ। संकलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र सो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको आरोप छ । रकम उठाउने बेला कुनै पनि रकम व्यक्तिगत रुपमा प्रयोग नगर्ने बताएका थिए। ब्याननले अदालतमा आफू दोषी नरहेको भन्दै अपिल दर्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय