अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 18:17

अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको नाममा ब्यालिस्टिक मिसाइल

बिआरटीनेपाल २०७७ भदौ ४ गते २१:३३ मा प्रकाशित

इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ ।उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२) को अवसरमा बिहीबार बिहान सार्वजनिक गरिएको हो ।राज्यको टेलिभिजनले प्रसारण गरेको उक्त कार्यक्रममा रक्षामन्त्री अमीर हतामीले यसलाई विशेष गरी ब्यालेस्टिक क्षेप्यास्त्रतर्फ इरानको पछिल्ला सैन्य उपलब्धि भएको बताउनुभएको छ ।

व्यालेस्टिक मिसाइलको नाम अमेरिकी आक्रमणमा मारिएका पूर्व जनरल सुलेमानी र अर्को क्रुज मिसाइलको नाम अबू मेहदी राखिएको रक्षामन्त्री हतामीले बताउनुभयो । बग्दादको नजिक जनरल सुलेमानीसँगै मारिएका इराकका शिया मिलिशियाका उप–कमाण्डर अबु महदी मुहान्डिस पनि मारिएका थिए र पछिल्ला यी हतियारको नाम पनि उनीहरूको सम्मानमा उनीहरूकै नाममा राखिएको छ ।

कसिम सुलेमानी मिसाइलले एक हजार ४०० किलोमिटर टाढासम्म र अबु महदी मुहंडिस मिसाइलले एक हजार किलोमिटरसम्मको आक्रमण गर्ने क्षमता रहेको रक्षामन्त्रीले बताउनुभयो । उक्त अवसरमा इरानले घरेलु रूपमा निर्मित ड्रोनको पनि प्रदर्शन गरेको थिए । इरानी हतियारहरू सजिलै पुनः उत्पादन गर्नसकिने, पर्याप्त शक्ति भएका र लक्ष्यलाई सहजै परिवर्तन गर्नसक्ने उच्च गुण सम्पन्न हुनपर्छ ।” राष्ट्रपति हसन रौहानीले आफ्नो सम्बोधनमा रक्षा उद्योगमा भएको प्रगतिलाई जोड दिँदै भन्नुभयो ।

राष्ट्रिय प्रतिरक्षा उद्योगले कुनै आक्रामणको रणनीतिभन्दा रक्षाको रणनीति अपनाएको छ र देशले कुनै पनि इलाका ओगट्न वा कुनै पनि देशलाई हानि पुर्याउने लक्ष्य नराखेको राष्ट्रपति रौहानीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय