अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 18:10

कोरियामा कोरोना सङ्क्रमण पुनः देखियो, नियन्त्रण बाहिर जानसक्ने

बिआरटीनेपाल २०७७ भदौ ४ गते ६:१७ मा प्रकाशित

कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ ।लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानि सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले सङ्क्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् ।कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ ।

यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ ।विशेष गरी सभा र्याली, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस सङ्क्रमण फैलिएको हो ।हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ ।साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ । कोरियामा कोरोना सङ्क्रमितको संख्या १५ हजार ७६१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय