विश्वभर महामारीकोरुपमा फैलिईरहेको कोरोनाका कारण ७ लाख ९१ हजार ६ सय ७६ जनाको ज्यान गएको छ । २ करोड २६ लाख १० हजार ८ सय ६७ जना संक्रमित भएका छन् । कोरोना सङ्क्रमितमध्ये अहिलेसम्म १ करोड ५३ लाख २६ हजार ५ सय जना उपचारपछि निको भएका छन् ।
संक्रमणका कारण सवैभन्दा बढी अमेरिकामा १ लाख ७६ हजार ३ सय ६५, ब्राजिलमा १ लाख ११ हजार १ सय ८९ , भारतमा ५४ हजार १७ जनाले ज्यान गुमाएका छन् । रसियामा १६ हजार ९९, मेक्सिकोमा ५८ हजार ४ सय ८१, पेरुमा २६ हजार ८ सय ३४ , कोलम्वियामा १५ हजार ९ सय ७९, स्पेनमा २८ हजार ७ सय ९७, ईरानमा २० हजार २ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यसैगरी, बेलायतमा ४१ हजार ३ सय ९७, पाकिस्तानमा ६ हजार २ सय ९, बंगलादेशमा ३ हजार ८ सय २२, ईटलीमा ३५ हजार ४ सय ६८ ,फ्रान्समा ३० हजार ४ सय ६८, क्यानडामा ९ हजार ४९ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण बेल्जियममा ९ हजार ९ सय ६९ , अफगानिस्तानमा १ हजार ३ सय ८५, माल्दिभ्समा २४, श्रीलंकामा ११ जनाको मृत्यु हुँदा भुटानमा १ सय ५० जनामा संक्रमण देखिएको छ ।