अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 15:09

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो, महाराष्ट्रमा मात्रै २० हजारको ज्यान गयो

बिआरटीनेपाल २०७७ भदौ १ गते ६:५२ मा प्रकाशित

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनको संख्या ५१ हजार नाघेको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ सय ४१ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५१ हजार ७९ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५७ हजार ९ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २६ लाख ५१ हजार २ सय ९० पुगेको छ ।कोरोना पुष्टि भएकामध्ये भारतमा निको हुनेको संख्या १९ लाख २० हजारभन्दा बढी रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा संक्रमितको संख्या ५ लाख ९५ हजारभन्दा बढी नाघेको छ । महाराष्ट्रमा मात्रै कोरोनाबाट २० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा थप ११ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने थप २ सय ८८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय